Kathmandu Press

राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श पुरस्कार विजेताबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् ।
राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श पुरस्कार विजेताबीच भेटवार्ता

बेइजिङ, कात्तिक २० : चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् ।

उक्त अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । त्यस अवसरमा विजेताहरूसँगको संक्षिप्त कुराकानीपछि सामूहिक तस्बिर लिइएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण दिएका थिए ।

वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार–विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताए । उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको थियो । र, २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए ।

 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्