तीन महिनामा फरार ४७ अभियुक्त पक्राउ
तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज, कात्तिक २० : तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई बुझाएको हो ।
प्रहरीले चालु आर्थिक वर्ष ०७८–७९ को साउनदेखि असोजसम्ममा फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरीमा डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै, असोजमा १९ र साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरूबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
गत आवमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल थियो ।
प्रकाशित मिति: १२:०३ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











