Kathmandu Press

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

१७ कात्तिक बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ ।
घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

तनहुँ, कात्तिक २० : १७ कात्तिक बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका–१ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५०३१ नम्बरको बसले ती पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

उनी अचेत रहेकाले हालसम्म नामथर खुल्न सकेको छैन । सोही कारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरीका डीएसपी युवराज तिमिल्सेनाले जानकारी दिए ।

३५ देखि ४० वर्षका ती पुरुषको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । डीएसपी तिमिल्सेनाका अनुसार घाइतेका आफन्तजनको खोजी भइरहेकोे छ । तर, पत्तो लगाउन सकिएको छैन ।

घाइते अवस्थामा सडकमा भेटिएका उनलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएकोे थियो । स्वास्थ्य गम्भीर हुँदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उनलाई पोखरा पठाइएको थियो ।

प्रकाशित मिति: ११:१५ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्