Kathmandu Press

म्ह पूजा मनाइरहँदा पाटन मंगलबजारमा आगलागीमा परी एकै परिवारका चारजनाको मृत्यु

पाटन मंगलबजारमा शुक्रबार राति भएको भिषण आगलागीमा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
म्ह पूजा मनाइरहँदा पाटन मंगलबजारमा आगलागीमा परी एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं, कात्तिक १९ : पाटन मंगलबजारमा शुक्रबार राति भएको भिषण आगलागीमा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

म्ह पूजा मनाइरहेका समयमा भएको आगलागीमा अन्य दुईजना गम्भीर घाइते छन् । घटनास्थल ललितपुर महानगरपालिका–१२ मंगलबजार चक्रबहीमा पर्छ ।

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रचना र नाति निर्जल रहेको प्रहरीले जनाएको छ । लक्ष्मीकृष्णका छोरा निरज र कान्छी छोरी सिर्जना घाइते छन् ।

आगोमा परेर भान्सामा रहेको खाना पकाउने ग्यास पडकिएर आगलागीले ठूलो रूप लिएको प्रहरीको अनुमान छ । घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति: २२:२५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्