Kathmandu Press

मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु

जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । शुक्रबार मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु

सोलुुखुम्बू, कात्तिक १९ : जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । शुक्रबार मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिस्टायनको ज्यान गएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार चिप्लिएर लडेका क्रिस्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि काठमाडौं लाने तयारी भए पनि मौसम प्रतिकुलता कारण हेलिकप्टर आउन नसक्दा लुक्लामै राखिएको छ । क्रिस्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौंमार्फत १० कात्तिकमा मेरापिक पुगेको थियो ।

यसअघि २ कात्तिकमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको लेक लागेर मृत्यु भएको थियो । सोही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति: २१:४६ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्