जुवा खेलिरहेका १७ जना पक्राउ
दीपावलीका बेला जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लमजुङ, कात्तिक १९ : दीपावलीका बेला जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा कौडा खेल्दै गरेको अवस्थामा शुक्रबार एक लाख ५६ हजार ५४० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरीका निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
उनका अनुसार डीएसपी कृष्णबहादुर कार्कीको कमान्डको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । यस्तै, कौडाका १६ वटा गोटीसमेत बरामद गरिको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीको छ ।
प्रकाशित मिति: २१:२५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











