Kathmandu Press

सिरहा र सप्तरीमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारी कारवाहीमा

स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ ।
सिरहा र सप्तरीमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारी कारवाहीमा

लहान, कात्तिक १९ : स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ ।

टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख रुपैयाँबराबरका म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो ।

टोलीले राजविराज नगरपालिका–७ स्थित आरयूपी जनरल स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । अनुगमनका क्रममा सिरहाका विभिन्न पसलबाट ६० हजार र सप्तरीका पसलबाट ९५ हजार रुपैयाँका म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ ।

सिरहा सदरमुकामस्थित प्रदीप हट कोल्ड एन्ड जनरल स्टोर, श्रवण इन्टरप्राइजेज, रवि जनरल स्टोर तथा सप्तरीको राजविराजस्थित सियाराम किराना पसल, अल इमरान जनरल स्टोर, आनन्द किराना पसल, सगरमाथा होटल, महुली होटल, सप्तरीको कञ्चनरुप नगरपालिका–८ को निखिल किराना स्टोर, महेन्द्र किराना पसल, दुखन किराना पसल तथा प्रमोद पान पसलबाट सामान बरामद गरी नष्ट गरेको छ ।

पसल अनुगमन क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद नाघेका खाद्यवस्तुलाई नष्ट गर्न सचेत गराइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए ।

प्रकाशित मिति: २१:१८ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्