Kathmandu Press

कोरोनाको दैनिक संक्रमण दुई सयभन्दा कममा, पछिल्लो २४ घण्टामा २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का संक्रमण पुष्टि भएको छ ।
कोरोनाको दैनिक संक्रमण दुई सयभन्दा कममा, पछिल्लो २४ घण्टामा २ को मृत्यु

काठमाडौं, कात्तिक १९ : पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौजना गरी जम्मा १८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको कूल संख्या नौ लाख चार हजार ८०४ पुगेको छ ।

थप ६५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् । कोरोना निको भएको दर ९७ दशमलव ६ प्रतिशत छ । यस्तै, पछिल्लो २४ घण्टामा दुई सक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या आठ हजार ४१३ छ । त्यसमध्ये सात हजार ७६३ होम आइसोलेसनमा छन् भने ६५० संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति: २१:१० बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्