Kathmandu Press

तीन दिनमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कात्तिक १९ : नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली छ । मौसम बदली र तुलनात्मक रूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस भएको छ ।

महाशाखाका अनुसार प्रदेश–१, बागमती र गण्डकीमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली छ । प्रदेश–१ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश–१, प्रदेश–२ र बागमतीमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश–१ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

शनिबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश–१ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

आइतबार प्रदेश–१, बागमती र गण्डकीमा आंशिक बदली रहनेछ । प्रदेश–१ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना छ । साथै प्रदेश–१ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम नौ दशमलव पाँच डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्