Kathmandu Press

जुवातास खेलिरहेका १०० जना पक्राउ

प्रहरीले विभिन्न जिल्लाबाट तासजुवा खेलिरहेका एक सयजनालाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेका १०० जना पक्राउ

काठमाडौं, कात्तिक १९ : प्रहरीले विभिन्न जिल्लाबाट तासजुवा खेलिरहेका एक सयजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ नयाँ बस्ती ओलाङचुङगोला गुम्बानजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५१ वर्षीय माधव आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा कौडा खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी भइरहेको छ ।

कपिलबस्तु बाणगंगा नगरपालिका–२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराईलगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी पिपराको टोलीले उनीहरूलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासासहित पक्राउ गरेको हो ।

यस्तै, कपिलबस्तु बाणगंगा नगरपालिका–१ स्थित किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय उदय अधिकारीलगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासासहित पक्राउ गरेको हो ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उनीलगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीको टोलीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँसहित पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ कबडहल बस्ने ६३ वर्षीय गोविन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोविन्दसमेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरीको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङको मंगोलियन वेभ रेस्टुराँ एन्ड बारमा कौडा खेलिरहेको अवस्थामा उनीलगायत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँसहित पक्राउ गरेको हो ।

यसैगरी, लमजुङ बेसिशहर नगरपालिका–३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा उनीसमेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरीको टोलीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँसहित पक्राउ गरेको हो ।

गोरखा नगरपालिका–८ चाइनिजधारा बस्ने २९ वर्षीय मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीलगायत ९ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीको टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्