Kathmandu Press

नेपाल प्रहरीकी एसपी डा. मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

‘११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१’ नेपाल प्रहरीकी एसपी डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।
नेपाल प्रहरीकी एसपी डा. मल्ललाई राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

काठमाडौं, १९ कात्तिक : ‘११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१’ नेपाल प्रहरीकी एसपी डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।

युनाइटेड नेसन्स अर्गानाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अनपोल चिफ अफ हेल्थ एन्ड इन्भारमेन्ट युनिट किन्सासामा कार्यरत एसपी डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ ।

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा ९ नोभेम्बर (२३ कात्तिक)मा प्रदान गरिने छ ।

एसपी डा. मल्लले कंगो मिसनमा कार्यरत रहेदेखि कोभिड–१९ महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् ।

महामारीमा कंगो मिसनमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई उनले काम गरिरहेकी छन् । वातावरण संरक्षणमा अनपोलको वातावरण युनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्