नेपाल संवतलाई मौलिक संवतका रूपमा प्रवर्द्धन गर्नुपर्छ : बिजुक्छे
नेमकिपा अध्यक्ष नरायणमान बिजुक्छेले मुलुकको मौलिक संवतका रूपमा नेपाल संवतलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, कात्तिक १९ : नेमकिपा अध्यक्ष नरायणमान बिजुक्छेले मुलुकको मौलिक संवतका रूपमा नेपाल संवतलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवतको भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस संवतलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गरे ।
प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











