हेटौंडामा नेपाल संवत् ११४२ को र्याली
नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा आज नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा र्याली निकालिएको छ । र्यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो ।हेटौंडा, कात्तिक १९ : नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा आज नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा र्याली निकालिएको छ । र्यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो ।
नेपाल संवत् ११४२ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल भाषा खलः मकवानपुरका पूर्वअध्यक्ष रुद्रहरि जोशीले नेपालको आफ्नै मौलिक राष्ट्रिय संवत्लाई मान्यता दिएको हुँदा अब सरकार र आम नागरिकले नेपाल संवत्लाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्ने बताए । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नेवार समुदायका महिला तथा पुरुषको उपस्थिति थियो ।
प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१