Kathmandu Press

विद्रोहमा पक्राउ परेका चार मन्त्रीलाई रिहा गर्दै सुडानी सेना

सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् ।
विद्रोहमा पक्राउ परेका चार मन्त्रीलाई रिहा गर्दै सुडानी सेना

कायरो, कात्तिक १९ : सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन् ।

सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत साता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा हिरासतमा राखिएको थियो ।

Hardik ivf

यद्यपि, अपदस्थ अधिकारीहरूका बचाउ पक्षका वकिल मोएज हाद्राले मन्त्रीहरूलाई रिहा गर्न बाँकी रहेको बताएका छन् ।

सुना समाचार एजेन्सीले जनरल अब्देल–फत्ताह बुरहानले सूचना तथा संस्कृति मन्त्री हम्जा बलौल, सञ्चार मन्त्री हाशिम हसबेल–रसौल, व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अली गेदोउ र मन्त्री युसेफ आदमका लागि उक्त निर्णय जारी गरेको जनाएको छ ।

संकट समाधानका लागि  नागरिक संक्रमणकालीन सरकार पुनःस्थापना गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । यसैबीच आन्दोलनकारी र अधिकारकर्मीहरूले कार्यकर्ता र विपक्षी नेताहरू विरुद्ध व्यापक गिरफ्तारी अभियान चलाउने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार टेलिफोनमा जनरल बुरहानलाई सुडानमा राजनीतिक संकट समाधान गर्न र तत्काल संवैधानिक व्यवस्था र सुडानको संक्रमणकालीन प्रक्रियालाई पुनःस्थापना गर्न कदम चाल्न आग्रह गरेका छन् ।

गुटेरेसले पूर्वप्रधानमन्त्री अब्दल्ला हाम्डोक र मनोमानी रूपमा हिरासतमा राखिएका अन्य नागरिकहरूको रिहाइको लागि आफ्नो आह्वान पुनः दोहोर्‍याएका छन् ।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्