Kathmandu Press

पुटिन र लुकासेन्कोबीच संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसी समकक्षी अलेक्जेन्डर लुकासेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गरेका छन् ।
पुटिन र लुकासेन्कोबीच संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर

मस्को, कात्तिक १९ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसी समकक्षी अलेक्जेन्डर लुकासेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गरेका छन् ।

सन् २०२१–२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्नेसम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको हो ।

Hardik ivf

सो अवसरमा राष्ट्रपति पुटिनले भने, ‘यी कागजातले समन्वित रूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्न मद्दत पुग्ने छ ।’

त्यसैगरी पुटिनले यस कार्यक्रमबाट ऋण र वित्तीय तथा बैंकिङ क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृत रूपमा तेलको व्यवस्थापनका लागि नियमहरू तयार पार्न र ग्यास र बिजुली बजार एवं यातायात सेवाहरूको व्यवस्थापन गर्न सहज हुने बताए ।

‘यी क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रुस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना हुनेछ,’ पुटिनले भने ।

बेलारुसका राष्ट्रपति लुकासेन्कोले यसलाई संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम बताए ।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्