Kathmandu Press

गोसाइँकुण्ड गएका युवकको लेक लागेर मृत्यु

रसुवा, साउन ३० : गोसाइँकुण्ड मेला भर्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ ।

गए राति गोसाइँकुण्ड मेला भर्न गएका काठमाडौंको मूलपानीका २३ व....

गोसाइँकुण्ड गएका युवकको लेक लागेर मृत्यु

रसुवा, साउन ३० : गोसाइँकुण्ड मेला भर्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ ।

गए राति गोसाइँकुण्ड मेला भर्न गएका काठमाडौंको मूलपानीका २३ वर्षीय दीपक ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार उनको लेक लागेर मृत्यु भएको हो।

समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइकुण्ड यात्रामा जाँदा लेक लाग्ने गरेको छ। लेक लागेर कयौं बिरामी हुने गरेका छन्।

लेक लागेर मृत्यु भएका दीपकको शव तल ल्याउन लागिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्