Kathmandu Press

उदयपुरमा आगलागीबाट एक करोड ५० लाखबराबर क्षति

उदयपुर सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिसन हाउसमा गएराति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।
उदयपुरमा आगलागीबाट एक करोड ५० लाखबराबर क्षति

उदयपुर, कात्तिक १९ : जिल्ला सदरमुकाम गाईघाट बजारको डीएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिसन हाउसमा गएराति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताए ।

आगलागी भएको खबर प्राप्त हुनासाथ सबैको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्