Kathmandu Press

सिरियामा तैनाथ नेपाली शान्ति सैनिक टोली बदलियो

सिरियामा तैनाथ नेपाली सेनाको शान्ति सैनिक टोली बदलिएको छ । मेजर सुनील थापाको कमान्डमा एक सय ६२ जनाको नयाँ सैनिक टोली सिरिया पुगेको छ ।
सिरियामा तैनाथ नेपाली शान्ति सैनिक टोली बदलियो

काठमाडौं, कात्तिक १९ : सिरियामा तैनाथ नेपाली सेनाको शान्ति सैनिक टोली बदलिएको छ ।

मेजर सुनील थापाको कमान्डमा एक सय ६२ जनाको नयाँ सैनिक टोली सिरिया पुगेको छ । यस्तै, फोर्स हेडक्वार्टर सर्पोट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौँ डफ्फा, इन्जिनियरको छैटौँ डफ्फा, लेबल १ प्लस अस्पतालको तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिटको दोश्रो डफ्फामा सहभागी नेपाली सैनिकहरू सिरिया पुगेका हुन् ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएका अदलीबदलीका दौरान सम्पूर्ण सुरक्षा सतर्कता र स्वास्थ्य प्रोटोकल पालना गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्