Kathmandu Press

चीनले प्रक्षेपण गर्‍यो ‘अर्थ साइन्स स्याटेलाइट’

चीनले शुक्रबार ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा अर्थ साइन्स स्याटेलाइट प्रक्षेपण गरेको छ।
चीनले प्रक्षेपण गर्‍यो ‘अर्थ साइन्स स्याटेलाइट’

बेइजिङ, कात्तिक १९ : चीनले शुक्रबार ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा अर्थ साइन्स स्याटेलाइट प्रक्षेपण गरेको छ।

लङ मार्च–६ क्यारियरले प्रक्षेपण गरेको ‘गुआङमु’ नामक सो स्याटेलाइट स्थानीय निर्धारित कक्षमा प्रवेश गरेको थियो।

प्रक्षेपण केन्द्रका अनुसार सो प्रक्षेपण लङ मार्च रकेटअन्तर्गतको ३९५औं मिसन हो। चाइनिज एकेडेमी अफ साइन्सेसले विकास गरेको सो स्याटेलाइट संयुक्त राष्ट्रसंघको ‘दीगो विकासका लागि यूएन २०३० एजेन्डा’मा काम गर्ने विश्वकै पहिलो अन्तरिक्ष स्याटेलाइट हो।

तीनवटा अप्टिकल पेलोड भएको सो स्याटेलाइटले मानव तथा प्रकृति तथा दीगो विकासबीचको अन्तक्र्रियाको निगरानी, मूल्यांकन तथा अध्ययनका लागि अन्तरिक्षबाट अवलोकन गरी तथ्यांक पठाउने एकेडेमीले जनाएको छ।

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, कात्तिक १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्