अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
कालिकोटको नरहरिनाथ गाउँपालिका लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।
सुर्खेत, कात्तिक १९ : अवरुद्ध कर्णाली करिडोर सडक सञ्चालनमा आएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुंगा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।
सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए । उनले भने, ‘निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्यायौँ ।’
सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो । गत ३१ असोजदेखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











