Kathmandu Press

‘संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
‘संस्कार र संस्कृति संरक्षण गर्नुपर्छ’

तनहुँ, कात्तिक १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गरे ।

Hardik ivf

नेवार समुदायभित्रै संस्कृति हराउँदै जान थालेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।’ उहाँले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनुभयो । नेपाल संवत्को अवसरमा सबै जातजातिबीच सद्भाव कायम गर्न प्रेरणा मिल्नुपर्ने उनको भनाइ थियो ।

उनले कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने जनाउँदै भने, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।’

कार्यक्रममा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विकले जिल्लाको विकास निर्माणमा तीन तहको सरकारको हातेमालो रहने बताए ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्