स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु
भक्तपुर मध्यपुर ठिमी–८ बोडेका बिहीबार राति भएको स्कुटी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं, कात्तिक १९ : भक्तपुर मध्यपुर ठिमी–८ बोडेका बिहीबार राति भएको स्कुटी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
राति १२.२० मा भएको दुर्घटनामा परी भक्तपुर धुन्चेपाखा बस्ने रामेछाप लिखु गाउँपालिका–६ का राजकुमार तामाङको मृत्यु भएको हो ।
वागमती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा उपचार क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











