पटाकासहित दुई किराना पसले पक्राउ
काठमाडौं महानगरपालिका–१२ भोटबहालस्थित किराना पसल सञ्चालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्णकुमार साह र २३ वर्षीय मोतीकुमार साहलाई १० किलोग्राम किङ कोब्रा नामक पटाकासहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, कात्तिक १८ : काठमाडौं महानगरपालिका–१२ भोटबहालस्थित किराना पसल सञ्चालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्णकुमार साह र २३ वर्षीय मोतीकुमार साहलाई १० किलोग्राम किङ कोब्रा नामक पटाकासहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पसल तलासी गर्दा उक्त पटाकासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, रुपन्देही बुटवल उपमहानगरपालिका–४ अमरपथ र सोही उपमहानगरपालिका–५ नेपालगञ्ज रोडमा बेवारिसे अवस्थामा करिब २ लाख ५० हजार रुपैयाँबराबरका विभिन्न किसिमका पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी इलाका प्रहरी बुटवलको टोलीले बरामद गरेको हो ।
प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











