भिभो एस वान मोबाइल नेपाली बजारमा
काठमाडौं, साउन २९ : भिभो नेपालको नयाँ उत्पादन भिभो एस वान नेपाली बजारमा आएको छ।
कम्पनीको पहिलो एस सिरिजले ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरायुक्त फ....

काठमाडौं, साउन २९ : भिभो नेपालको नयाँ उत्पादन भिभो एस वान नेपाली बजारमा आएको छ।
कम्पनीको पहिलो एस सिरिजले ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरायुक्त फोन बजारमा ल्याएको हो। भिभो एस–१ स्मार्टफोनमा स्क्रिन टच आइडी, सुपर एमोलेड अल्ट्रा अल स्क्रिन, एआई ट्रिपल रियर क्यामरा लगायत विशेषता छन्।
स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काइलाइन ब्लू कलर अप्सनमा बजारमा उपलब्ध छ। मोबाइलको मूल्य ३४ हजार ६९० रुपैयाँ तोकिएको छ।
भिभो एस–१ मा ६ जिबी याम र १ सय २८ जीबीको आन्तरिक स्टोरज छ। पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नका लागि भिभो एस १ मा ४ हजार ५०० एमएएचको ब्याट्रीका साथ ड्यूल इन्जिन फास्ट चार्जिङ मिडिया टेक ६ हजार ७ सय ६८ प्रोसेसर राखिएको छ।
उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भिभो एस–१ तयार भएको कम्पनीको दाबी छ।










-1754206481.jpg)
