Kathmandu Press

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल र संगठनमा भुसाल

काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाललाई चयन गरिएको छ।प्रमेश हमाललाई उपप्रमुख बनाइएको सो विभागका सदस्यहरूमा...
एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल र संगठनमा भुसाल

काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाललाई चयन गरिएको छ।

प्रमेश हमाललाई उपप्रमुख बनाइएको सो विभागका सदस्यहरूमा भने डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर खतिवडा छन्।

संगठन विभाग प्रमुखको जिम्मेवारी भने  डा. बेदुराम भुसाललाई दिइएको छ। सो विभागमा उपप्रमुख प्रकाश ज्वाला चयन भएका छन्। शिक्षा विभागमा डा. गंगालाल तुलाधर प्रमुख रहनेगरी उपप्रमुखमा लक्ष्मण केसी छन्।

विपत् व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी पनि तुलाधर नै दिइएको छ। सहकारी विभागको जिम्मेवारी गोविन्द कोइरालाले पाएँदा टेकप्रसाद चौलागाईं भने उपप्रमुख बनेका छन्। 

बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको जानकारी गराउन पार्टीले बिहीबार विज्ञप्ति जारी गरेको थियाे।

प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्