पार्टी प्रवेश चाहनेसँग वार्ता गर्न एकीकृत समाजवादीले बनायो टोली
काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) ले पार्टी प्रवेश गर्न चाहनेसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ।महासचिव वेदुराम भुसालको संयोजकत्वमा बनेको...
काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) ले पार्टी प्रवेश गर्न चाहनेसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ।
महासचिव वेदुराम भुसालको संयोजकत्वमा बनेको सो वार्ता टोलीमा उपमहासचिवद्वय गंगालाल तुलाधार र विजयकुमार पौडेल छन्।
पार्टीको विचारधारा र सिद्धान्त मन पराएर आउन चाहने जोकोहीसँग छलफल गर्नेगरी सो वार्ता टोली बनाएको जनाइएकोृ छ।
वार्ता टोलीले तुरुन्तै काम थाल्ने पनि पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











