Kathmandu Press

घाँस काट्ने महिलाका लागि भारतीय योजना

देहरादुन, कात्तिक १८ : भारतको उत्तराखण्ड सरकारले पहाडहरूमा पशुपालन गर्ने महिलाको काँधबाट घाँसको बोझ हटाउने उद्देश्यले ‘मुख्यमन्त्री घस्यारी कल्याण योजना’ सुरु गरेको छ। केन्द्रीय गृहमन्त्री...
घाँस काट्ने महिलाका लागि भारतीय योजना

देहरादुन, कात्तिक १८ : भारतको उत्तराखण्ड सरकारले पहाडहरूमा पशुपालन गर्ने महिलाको काँधबाट घाँसको बोझ हटाउने उद्देश्यले ‘मुख्यमन्त्री घस्यारी कल्याण योजना’ सुरु गरेको छ। 

केन्द्रीय गृहमन्त्री अमित शाहले ३० अक्टुबरमा यसको विधिवत सुरुवात गरे। उनले प्रदेशको भौगोलिक स्थिति हेरी यो योजना महत्त्वपूर्ण हुने र यसले महिलालाई प्रशस्त राहत मिल्ने बताएका छन्।

यद्यपि कांग्रेसले योजनाको नामलाई लिएर विरोध गरेको छ। सामाजिक कार्यकर्ता भनिरहेका छन्– पहाडका महिलामा यो योजना सफल हुनेमा सन्देह छ। यो किसानलाई उपभोक्ता र मजदुर बनाउने षड्यन्त्रको हिस्सा भएको उनीहरुको भनाइ छ।

Hardik ivf

के हो योजना ?

‘मुख्यमन्त्री घस्यारी कल्याण योजना’को आधिकारिक सुरुवातको समय जारी दस्तावेजका अनुसार, उत्तराखण्डमा ७० प्रतिशतभन्दा बढी आबादीको आजीविका कृषि एवं पशुपालनमा आधारित छ। एक अध्ययन अनुसार चारा काट्नका लागि महिलाहरु आठदेखि १० घन्टा पैदल हिँड्नुपर्छ। यस योजनाबाट पहाडी क्षेत्रका महिलाको शिरको बोझ कम हुने मानिएको छ।

दस्तावेजका अनुसार, पशुलाई पौष्टिक चारा भयो भने दूध उत्पादन १५ देखि २० प्रतिशत बढ्छ। योजना अन्तर्गत पौष्टिक चाराका लागि मकैको साइलेज (पशुआहार) बनाइने भएको छ।

‘साइलेज उत्पादन और विपणन संघ लिमिटेड’ यस योजनालाई कार्यान्वयन गर्दै छ। यसका एमडी आनन्द शुक्लाले बीबीसी हिन्दीलाई भनेका छन्, ‘सहकारिता विभाग अन्तर्गत कैयौँ उत्पादनको सामूहिक खेती गरिनेछ। सन् २०१८–१९ मा पाँच सय एकड जमिनमा मकैको सामूहिक खेती सुरु गरिएको थियो। जो अहिले बढेर २००० एकडसम्म पुगेको छ।’ 

यसपछि एक संघले एक कर्पोरेट पार्टनरसँग मिलेर यसलाई मेजलेज ९मकैका चारा० मा बदल्न सुरु गर्यो। शुक्लाका अनुसार, पहिले दुई वर्षका लागि डेयरी विभागबाट अनुबन्ध भयो। सहकारिता संघमा जोडिएका किसान मकैको उत्पादन गर्थे भने दुग्ध सहकारी संघसँग जोडिएका किसान साइलेज ९पशुआहार० लिने गर्थे। यसमा ५० प्रतिशत अनुदान दिइन्थ्यो। 

यस योजनाको सफलताबाट उत्साहित भएर पहाडी जिल्लामा पनि बढाइने प्रस्ताव तयार गरिएको छ, जसलाई तत्कालीन मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सकारात्मक रूपमा लिएका छन्। 
यस योजना अन्तर्गत २५ किलोे साइलेजको प्याकेट किसानलाई दुई सय भारतीय रुपैयाँमा दिइनेछ। 

किसान के भन्छन् ?

भारत रुद्रप्रयागकी ६४ वर्षीया दर्शनी बर्तवालका छोराछोरी रोजगारीका लागि रुद्रप्रयागदेखि बाहिर बस्छन्। उनले घरमा एक्लै एउटा गाई र दुई बाच्छाबाच्छी पालेर खेती गर्छिन्। उनी भन्छिन्, ‘मैले यस योजनाको बारेमा सुनेकी त छु तर अहिलेसम्म यो सस्तो घाँस ९साइलेज० देखेकी छैन।’

उनले २५ किलो साइलेजलाई ६ सय भारतीय रुपैयाँमा किन्ने गरेकी छन्। उनलाई यसले एक–डेढ महिनासम्म पुग्छ। यसको साथै उनले जंगलबाट घाँस ल्याएर पनि गाईवस्तुलाई दिन्छिन्। दर्शनी भन्छिन्, ‘यदि भारतीय रुपैयाँ ५० मा २५ किलो घाँस ९साइलेज० पाइन्छ भने मैले गाईलाई यही बढी दिन्छु।’

राजनीतिक विरोध

राज्यको मुख्य विपक्षी दल कांग्रेसले यस योजनाले राज्यका महिला शक्तिको अपमान गरेको बताएको छ। पूर्वमुख्यमन्त्री हरीश रावतको भनाइ छ कि प्रदेशका महिलाले आफ्नो घरसँगै खेतमा काम गर्छन्। तर, महिलाको कामका आधारमा यसले सम्बोधन गर्दैन।

यहाँका आमा तथा दिदीबहिनीको तुलना तीलू रौतेली, जिया रानी, गौरा देवीसँग गरिने तर भाजपाले हाम्रो पहिचान ‘घसियारी’को बनाएको र यो पहचान बिल्कुल स्वीकार्य नभएको उनको भनाइ छ।

पार्टीका प्रदेश अध्यक्ष गणेश गोदियालले यस योजनाले पहाडका चेलीको हातबाट कलम खोसेर हँसिया थमाएको बताएका छन्। 

(राजेश डोबरियाल, बिबिसी हिन्दी)
 

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्