काठमाडौंमा कोरोना पुष्टि हुनेको संख्या सयमुनि झर्यो

काठमाडौं, कात्तिक १७ : लामो समयपछि काठमाडौंमा २४ घन्टाको अन्तरालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सयमुनि झरेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा जम्मा ८४ जनामा मात्र कोरोना संक्रमण भएको पाइएको छ।
सोही अवधिमा भक्तपुरमा १९ र ललितपुरमा ३४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १३७ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,९२४ रहेको छ।
तीमध्ये काठमाडौंमा ८७१, भक्तपुरमा ५१६ र ललितपुरमा ५३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











