Kathmandu Press

२४ घन्टामा थपिए ३५६ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक १८ : पछिल्लो २४ घन्टामा देशभरिमा ३५६ जना कोरोना संक्रमित थपिएका छन्।३,२५९ जनामा गरिएको पिसिआर परीक्षणबाट २८७ र ३,१२५ जनामा गरिएको एन्टिजेन...
२४ घन्टामा थपिए ३५६ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं, कात्तिक १८ : पछिल्लो २४ घन्टामा देशभरिमा ३५६ जना कोरोना संक्रमित थपिएका छन्।

३,२५९ जनामा गरिएको पिसिआर परीक्षणबाट २८७ र ३,१२५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९३,७८९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४३६ पुगेको छ।

अहिले देशभरिमा ८,८९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ८,२३३ जना होम आइसोलेसनमा र ६५७ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २१५ जनाको आईसियुमा उपचार भइरहँदा ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्