Kathmandu Press

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

लन्डन, कात्तिक १८ : बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्। पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित...
बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

लन्डन, कात्तिक १८ : बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्। 

पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्। 

Hardik ivf

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन्।

कोरोना भाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ। बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ।  

सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामी अस्पतालमै रहेका छन्।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्