Kathmandu Press

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउँछ : मुख्यमन्त्री शाही

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउँछ : मुख्यमन्त्री शाही

कर्णाली, कात्तिक १८ : मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमार्फत कोभिड–१९ को सङ्क्रमण कायमै रहेकाले सुरक्षित तवरले तिहार मनाउन सबैमा अपिल गरेका छन्। उनले कर्णाली प्रदेश एवं स्वदेश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्