Kathmandu Press

न्यायिक क्षेत्रको विवादको समाधान न्यायालयबाटै खेज्नुपर्छ : सचिव श्रेष्ठ

काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताएका छन्। पार्टी निकट सङ्गठन काठमाडौं महानगरपालिका–२३...
न्यायिक क्षेत्रको विवादको समाधान न्यायालयबाटै खेज्नुपर्छ : सचिव श्रेष्ठ

काठमाडौं, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताएका छन्। 

पार्टी निकट सङ्गठन काठमाडौं महानगरपालिका–२३ वडाले दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले न्यायिक आस्थाका धरोहरका रुपमा स्थापित न्यायलयबाट विवाद टुङ्गो लाग्न नसकेमा राजनीतिक प्रणालीमा नै असर पुग्ने बताए। 

पार्टीका संसदीय विभाग प्रमुखसमेत रहनुभएका श्रेष्ठले एमालेले कम्युनिस्ट आदर्शलाई कायम राख्न नसकेकाले आफूहरुले विद्रोह गरी नयाँ दल स्थापना गर्नुपरेको उल्लेख गर्दै कम्युनिष्ट विचारमा आवद्ध तथा सामाजिक न्याय र समानताका पक्षमा रहेका सम्पूर्ण नागरिकलाई नेकपा एकीकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गरे। 

काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व कायम राख्न गत निर्वाचनमा जनताले कम्युनिस्टलाई विश्वास गरेर करिब दुई तिहाई बहुमत दिएको स्मरण गर्दै तत्कालीन ओली सरकारले सत्ता बचाउन लोकतन्त्र र संविधानलाई नै धरापमा राखेर देश र जनतालाई धोका दिएको विचार व्यक्त गरे। 

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले विभिन्न जाति समुदायले सजिएको मुलुकमा सबैका फरक संस्कृति, रीतिरिवाज तथा मौलिक चाडपर्व रहेको र तीनले मुलुकको गौरब बढाएको बताए। 

पार्टीका केन्द्रीय सदस्यद्वय सागर थापा र रामेश्वर श्रेष्ठ, काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनले विविधताले भरिएको समाजमा सबै पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष शैलेन्द्र शाक्य, क्षेत्र नं ८ का संयोजक सुरेन्द्रहर्ष बज्राचार्यलगायतको सहभागिता थियो।

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्