Kathmandu Press

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति, भारत र बंगलादेशमा उडान भर्ने

काठमाडौं, साउन २९ : आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सलाई संस्कृ....

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति, भारत र बंगलादेशमा उडान भर्ने

काठमाडौं, साउन २९ : आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो।

मंगलबार मात्रै बनारसमा परीक्षण उडान गरेको श्री एयरलाइन्सलाई मन्त्रालयले भारतका चार शहर र बंगालादेशको ढाका उडानका लागि अनुमति दिएको छ।

Hardik ivf

‘मन्त्रालयले दिने पहिलो चरणको अनुमति पाएका छौं, अब दस्तुर तिरेपछि बाँकी प्रक्रिया सुरु हुन्छ,’ एयरलाइन्सका बजार निर्देशक अनिल मानन्धरले काठमाडौंप्रेससँग भने।

श्री एयरलाइन्सले गत फागुनमा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि आवेदन दिएको थियो। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि अनुमति प्रक्रिया समेत लम्बिएको थियो।

केही साता अघिमात्रै मन्त्री बनेका योगेश भट्टराईले अनुमति दिने निर्णय गरेका हुन्। मन्त्रालयको हवाइ महाशाखाले दुई साता अघि नै प्रस्ताव मन्त्रीको सचिवालयमा पठाएको थियो। 

सन् २०१७ मा श्री एयरलाइन्सले आन्तरिक उडान सुरु गरेको हो। एयरलाइन्सले सि.आर.जे–२०० र सि.आर.जे ७०० सिरिजको जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ। एयरलाइन्सले सोही सिरिजका जहाजमार्फत तत्काल उडान सुरु गर्ने जनाएको छ। 

श्री एयरलाइन्सले मन्त्रालयको प्रक्रिया टुंगिएपछि नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति पत्र (एओसी) का लागि आवेदन दिनेछ। प्राधिकरणले अनुमति दिएपछि भारत लगायत गन्तव्यमा उडानका लागि लागि श्री एयरलाइन्सले आवेदन दिनेछ।
 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्