Kathmandu Press

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

मोरङ, कात्तिक १८ : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा बुझाएका छन्।प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको...
प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

मोरङ, कात्तिक १८ : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा बुझाएका छन्।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उनले राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बुधबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत भएको बताइएको छ।

एमालेनिकट मानिने आचार्य तल्कालीन मुख्यमन्त्री शेरधन राईको सिफरिसमा २०७४ साल फागुनमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन्।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्