Kathmandu Press

भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, कात्तिक १८ : भातमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार...
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, कात्तिक १८ : भातमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन्। 

Hardik ivf

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ। तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्। 

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ। 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्