Kathmandu Press

प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउन चाहेका छन् : प्रचण्ड

काठमाडौं, कात्तिक १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा गर्न माओवादीलाई सिध्याउन चाहेको बताएका छन्। नेपाल संवत्...
प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउन चाहेका छन् : प्रचण्ड

काठमाडौं, कात्तिक १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा गर्न माओवादीलाई सिध्याउन चाहेको बताएका छन्। 

नेपाल संवत् ११४२ का अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आज ललितपुरको महालक्ष्मीस्थानमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादीलाई कमजोर नपारेसम्म स्वार्थ पूरा गर्न नसक्ने देखेर प्रतिक्रियावादीहरूले त्यस्तो चाहिरहेको बताएका हुन्। 

ुप्रतिक्रियावादीहरू बडो सचेत रहेको र माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैन भनेर उनीहरूले जनतालाई भन्ने गरेको पैचण्डले बताए। ‘तर हामी भन्छौं, माओवादीबिना जनताले सुख पाउँदैनन्। माओवादी बलियो भयो भने ती प्रतिक्रियावादी जाली फटाहाहरूले दुःख पाउँछन्। हामी तिनीहरूलाई दुःख परोस्  र जनतालाई सुख होस् भन्ने चाहन्छौं।’

केही विद्वान्, विज्ञहरूले पनि आफूलाई सिध्याउन खोजेको आरोप प्रचण्डले लगाए। उनीहरूको अभियान माओवादी केन्द्रमा पनि आफूलाई सिध्याउने रहेको उनको भनानइ थियो।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्