Kathmandu Press

सुनको मूल्य प्रतितोला ९१ हजार कायम

काठमाडौं, कात्तिक १८ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु. ५०० ले घटेर रु. ९१ हजार तोकिएकोे छ।...
सुनको मूल्य प्रतितोला ९१ हजार कायम

काठमाडौं, कात्तिक १८ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु. ५०० ले घटेर रु. ९१ हजार तोकिएकोे छ। बुधबार उक्त सुन प्रतितोला रु. ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु. ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु. ९१ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ। चाँदी बुधबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, कात्तिक १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्