Kathmandu Press

दीपावलीमा चीन र अस्ट्रेलियाका राजदूतको शुभकामना

दीपावलीका अवसरमा काठमाडौंस्थित कूटनीतिक नियोग र राजदूतहरूले शुभकामना व्यक्त गरेका छन् ।
दीपावलीमा चीन र अस्ट्रेलियाका राजदूतको शुभकामना

काठमाडौं, कात्तिक १८ : दीपावलीका अवसरमा काठमाडौंस्थित कूटनीतिक नियोग र राजदूतहरूले शुभकामना व्यक्त गरेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेकी छन्, ‘सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एउटा  उज्यालो, शान्त र गौरवशाली शुभतिहारको लागि मंगलमय शुभकामना गर्छु ।’

यस्तै, अस्ट्रेलियाकी राजदूत फेलोसिटी भल्कले पनि दीपावलीको शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘सबै नेपाली मित्रहरूमा दीपावलीको शुभकामना । यस पर्वले सबैमा उमंग र समृद्धि ल्याउन सकोस्, शुभकामना छ ।’

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्