जिप दुर्घटनामा चालकको मृत्यु
सुर्खेतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् ।
काठमाडौं, कात्तिक १८ : सुर्खेतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१३ मा बिहीबार बिहान पिकअप जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दाङबाट सुर्खेत जाँदै गरेको रा१च १३१० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा जिप चालक राजु विकको मृत्यु भएको हो । उनी दाङ घोराही–१३ मा बासिन्दा हुन् । रोल्पाको लिवाङ–३ का सहचालक लोकेन्द्र सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।
प्रकाशित मिति: ११:२७ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











