नागरिकताभन्दा राहदानी बनाउने धेरै
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७८–७९ का तीन महिनामा नागरिकताभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो।
नवलपुर, कात्तिक १८ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७८–७९ का तीन महिनामा नागरिकताभन्दा राहदानी लिनेको संख्या धेरै देखिएको हो ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार आठ सय ८९ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिला एक हजार चार सय र पुरुष एक हजार चार सय ८८ छन् ।
जिल्लाबाट राहदानीका लागि दुई हजार पाँच ३४ वटा सिफारिस गरिएको भुसालले जानकारी दिए । उनका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६ सय ५७, महिला आठ सय १२ र नाबालक ६५ जना छन् । यस्तै, द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा पाँच सय ४५ वटा सिफारिस गरिएको छ ।
पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष तीन सय ४६, महिला एक सय ८८ र नाबालक ११ जना छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए ।











