Kathmandu Press

सौर्य एयरलायन्सले विराटनगर-भैरहवा उडान गर्ने

झापा कात्तिक १८ : सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान...
सौर्य एयरलायन्सले विराटनगर-भैरहवा उडान गर्ने

झापा कात्तिक १८ : सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ।

एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको राससलाई बताए। विराटनगर प्रदेश १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो। यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन।

यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलायन्सका अध्यक्ष पोखरेलले जानकारी दिए। विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उनले बताए।

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाँजबाट भैरहवा पुग्ने गरेका थिए।

आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट विमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ।

 

प्रकाशित मिति: ०८:०२ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्