प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण
विराटनगर, कात्तिक १७ : गएको २४ घण्टामा प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ। तीन सय ६५ को पीसीआर परीक्षण...विराटनगर, कात्तिक १७ : गएको २४ घण्टामा प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ। तीन सय ६५ को पीसीआर परीक्षण गर्दा ७५ र ७६ को एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६ मध्ये विराटनगरमा २०, सुनसरीमा १७, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण भएको हो। प्रदेशमा आजै ५१ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ।
प्रकाशित मिति: २०:४९ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१