Kathmandu Press

पूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा विमान दुर्घटना हुँदा सात जनाको मत्यु

मकाउ, कात्तिक १७ : पूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा एक विमान दुर्घटना भएको छ।रुसको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयका अनुसार विमानमा सात जना सवार रहेका...
पूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा विमान दुर्घटना हुँदा सात जनाको मत्यु

मकाउ, कात्तिक १७ : पूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा एक विमान दुर्घटना भएको छ।

रुसको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयका अनुसार विमानमा सात जना सवार रहेका थिए। 

‘निर्दिष्ट तथ्याङ्कअनुसार विमानमा सात जना सवार थिए,’ प्रेस कार्यालयले भन्यो।

यी व्यक्तिहरू विमानका चालक दलका सदस्य हुन्। प्रारम्भिक जानकारी अनुसार उनीहरु सबैको दुर्घटनामा मृत्यु भएको हो।

मस्कोको समयअनुसार एएन(ज्ञद्द कार्गो विमान दिउँसो २ः४५ बजे इर्कुटस्कबाट सात  किलोमिटर पिभोवरिखाको बस्तीको क्षेत्रमा अवतरण गर्ने क्रममा राडारबाट हराएको थियो। जमिनमा ठोक्किएपछि विमानमा आगो लागेको थियो।

प्रकाशित मिति: २०:१३ बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्