अमेरिकी राजदूतले पनि गरे कुकुर पूजा, दिए तिहारको शुभकामना
काठमाडौं, कात्तिक १७ : यम पञ्चकको पहिलो दिन बुधबार कुकुर पूजा अन्तर्गत काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ ।नेपालका लागि अमेरिकी...
काठमाडौं, कात्तिक १७ : यम पञ्चकको पहिलो दिन बुधबार कुकुर पूजा अन्तर्गत काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले कुकुरलाई माला लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
उनले तस्वीरसँगै सामाजिक सञ्जालबाट शुभकामना दिदै लेखेका छन् छन्, ‘तिहारको शुभकामना। तपाईंहरू सवैको तिहार झिलिमिली, रमाइलो, र खुशीयालीले भरिएको बनोस्।’
यसअघि विजया दशमीको अवसरमा पनि राजदूत बेरीले जमरा लगाएका थिए ।
प्रकाशित मिति: १८:४७ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











