Kathmandu Press

तालिबानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

काबुल, कात्तिक १७ : अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिबान सरकारले प्रतिबन्ध लगाएको छ। विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान...
तालिबानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

काबुल, कात्तिक १७ : अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिबान सरकारले प्रतिबन्ध लगाएको छ। 

विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन्। 

तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ। 

Hardik ivf

‘इस्लामिक इमिरेट्स (तालिबान) को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,’ निर्देशनात्मक सूचनामा लेखिएको छ। 

तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिए।

अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।   

त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ। सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ।    

सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिवन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ। यसले केही समय उपभोक्ताहरुलाई अप्ठ्यारो पनि पार्ने भएको छ। 

तत्कालीन तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन्। अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ।

तर तालिबान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन्। उनीहरूले आफुहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दाभन्दा लचक हुने दावी पनि गरेका छन्।

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्