Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्घाखाँची, कात्तिक १७ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शीतगंगा नगरपालिका–७ बस्ने ५५ वर्षीय खिमबहादुर पुलामीमगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत अर्घाखाँचीको २०५६ असार १८ गतेको फैसलाले उक्त मुद्दामा १९ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिई फरार रहेका उनलाई उनकै घरठेगानामा लुकी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्