Kathmandu Press

नवलपरासीमा नियन्त्रित लागूऔषध बरामद

नवलपरासीमा नियन्त्रित लागूऔषध बरामद

नवलपरासी (पूर्व), कात्तिक १७ : नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध ४५ सिसि ओनोरेक्स र १ हजार ३ सय ३८ एम्पुल स्पास्मो प्लस बुधबार बिहान प्रहरीले बरामद गरेको छ।

लु२ख ४१९९ नम्बरको बसलाई प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिटमाथि र्‍याकमा बेवारिसे अवस्था रहेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १७:२२ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्