Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

अर्घाखाँची, कात्तिक १७ : सन्धिखर्क नगरपालिका–१० अर्घा बस्ने भिमलाल आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा भीमलाललगायत सातजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ३ सय ४० रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्