Kathmandu Press

देशभरिमा थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १७ : पछिल्लो २४ घन्टामा देशभरिमा ४४७ जना कोरोना संक्रमित थपिएका छन्।६,५७७ जनामा गरिएको पिसिआर परीक्षणबाट ३९५ र ३,३३६ जनामा गरिएको एन्टिजेन...
देशभरिमा थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १७ : पछिल्लो २४ घन्टामा देशभरिमा ४४७ जना कोरोना संक्रमित थपिएका छन्।

६,५७७ जनामा गरिएको पिसिआर परीक्षणबाट ३९५ र ३,३३६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४३९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९३,२७१ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४३४ पुगेको छ।

अहिले देशभरिमा ९,१२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ८,४३६ जना होम आइसोलेसनमा र ६८७ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२३ जनाको आईसियुमा उपचार भइरहँदा ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्