जबरजस्ती करणी आरोपमा ६८ वर्षीय पुरुष पक्राउ
उदयपुर, कात्तिक १७ : २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिमचुङबुङ गाउँपालिका–५ जाँते बस्ने ६८ वर्षीय सिंहबहादुर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको...
उदयपुर, कात्तिक १७ : २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिमचुङबुङ गाउँपालिका–५ जाँते बस्ने ६८ वर्षीय सिंहबहादुर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:०७ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












